अभिनेता पल शाहको रिहाइ गर्न माग आन्दोलन
मेरोन्यूज
२०७९ जेठ २० गते १६:५०

काठमाडौँ । नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा आन्दोलन भएको छ । उनको रिहाइ गर्न माग गर्दै आन्दोलन सुरु भएको हो ।
‘हाम्रो टिम नेपाल’को अग्रसरमा आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । आन्दोलनमा सहभागी युवायुवतीले पुरुषमाथिको हिंसा अन्त्य गर्न माग गरेका थिए ।
प्रदर्शनकारीले पल शाहलाई न्याय दिनु पर्ने, पुरुष माथिको अधिकार सुनिश्चित गर्नु पर्ने, पुरुष हिंसा अन्त्य गर्नु पर्ने माग राख्दै नारा लगाएका थिए ।
प्रदर्शनकारीले भोलि पनि अभिनेता शाहको पक्षमा आन्दोलन गर्ने भएको छ । भोलि नायिका पुजा शर्मालगायत कलाकार सहभागी हुने भएका छन् ।
अभिनेता शाहलाई जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । सोही आदेशलाई उच्च अदालत पोखराले हिजो सदर गरेको थियो ।
सम्बन्धित

















आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया