प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको ‘अफर’ आत्मप्रचार मात्रै : सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर आएको कुरा आत्मप्रचार मात्र भएको बताएका छन् ।
उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दुई पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको अफर दिएको भन्ने कुरा सपना मात्रै भएको बताएका छन् । उनले समकालीन नेपाली राजनीतिमा यस्तो सम्भव नभएको बताए ।
‘प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीको अफर, त्यो पनि एमालेबाट ? यो निर्लज्ज आत्मस्तुति र आत्मप्रचारबाहेक केही होइन, अध्यक्ष केपी शर्मा ओलीले यस्तो अफर गर्ने सपना पनि तिनै दुई जनाले निद्रामा मात्रै देखेका हुन सक्छन्,’ उनले भने ।
यस्तै, उनले स्वर्ग जाने भन्दै नर्कको टिकट काटेका देउवाका चुत्था नोकरहरूलाई प्रधानमन्त्री अफर गरेर कुनै वैतरणी पार नहुने बताए ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया