पत्रकारलाई धम्की दिनेमाथि कानुनअनुसार कारबाही गर्न महासंघको माग

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारलाई धम्की दिनेहरूलाई मौजुदा कानूनअनुसार कारबाही गर्न माग गरेको छ । पत्रकार कञ्चन न्यौपानेलाई तीन वर्षदेखि ‘नेपाल आज’ नामक अनलाइनका अध्यक्ष माधव गुरागाईंले दुव्र्यवहार गरेको घटनाप्रति महासंघले ध्यानाकर्षण गराउँदै कारबाहीको माग राखेको हो ।
गुरागाईंले साथी, सहकर्मी र आफन्तसमेतलाई विभिन्न प्रकारले धम्की दिएको पत्रकार न्यौपानेले महासंघमा जानकारी गराएकी छन् । पीडकविरुद्ध पत्रकार न्यौपानेले दायर गरेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको भन्दै महासंघका महासचिव रोसन पुरीले ध्यानाकर्षण गराएका छन् ।
अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा विभिन्न व्यक्ति तथा संस्थाको आवरणमा पीडित, उनका आफन्त, साथी तथा सहकर्मीलाई धम्की दिनु अर्को अपराध भएको जनाएको छ । नेपाल आजका गुरागाईंले पत्रकार पुष्प ढुंगाना, ध्रुव रिजाललगायत पत्रकारलाई पनि धम्की दिएको महासंघमा निवेदन प्राप्त भएको छ ।
‘न्यायको पक्षमा उभिँदा पत्रकारलाई दिइएको दबाब र धम्कीको यस्ता घटना आपत्तिजनक र प्रेस विरोधी काम हुनुका साथै अदातलको अपहेलाना हो, अदालतमा विचाराधीन मुद्दालाईसमेत प्रभावित बनाउने गरी धम्की दिएको यो घटनाले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने काम भएको महासंघको ठहर छ,’ महासचिव पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघको आचारसंहिता तथा अनुगमन विभागले सचेत गराइसकेको निज गुरागाईंलाई मौजुदा कानुनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँद छ ।’


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया