विश्वकर्माको प्रश्न : लाइसेन्स बनाउन किन महिनौँ लाग्ने ?
मेरोन्यूज
२०७९ जेठ २४ गते १४:५५
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गाकुमारी विश्वकर्माले सवारी सञ्चालन अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया छिटो छरितो बनाउन माग गरेकी छन् ।
उनले लाइसेन्स बनाउन महिनौँ महिना कुर्नु पर्ने स्थिति रहेको बताइन् । संसद्मा बोल्दै उनले प्रश्न गरिन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नु पर्ने स्थिति छ, छिटो छरितो किन हुन सकेन ?’
उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी लाइसेन्स छिटो दिन प्रणालीगत सुधार गर्नु पर्नेमा जोड दिइन् । सवारी लाइसेन्सको फारम भर्नै अहिले समस्या छ । यातायात व्यवस्था विभागले सेवालाई चुस्त नबनाएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया