बिहीबार, माघ २२, २०८२

‘समानुपातिक रुपमा बजेट वितरण’

मेरोन्यूज २०७९ जेठ २५ गते ८:४२

बिराटर । ले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मङ्गलबार यहाँ आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उनले समानुपातिक रुपमा बजेट वितरण गरेकाले दुर्गम क्षेत्रका जनताले विकासको अनुभूति गरेको धारणा राखे। “विकासलाई विकेन्द्रीकरण गर्न प्रदेश सरकारले सन्तुलित रुपमा बजेट वितरण गरेको हो”, उनले भने ।
मुख्यमन्त्री राईले जनताको आवश्यकतालाई ध्यानमा राखी १४ जिल्लाका जनप्रतिनिधि, किसान, उद्योगी, पर्यटन व्यवसायीलगायतसँग छलफल गरी उनीहरुका माग सम्बोधन गरिने बताए। प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहलाई सरकार भएको अनुमूति गराउनुपर्ने बताए । उनले तीन तहको सरकारलाई सुदृढ गरी सङ्घीयता बलियो बनाउनुपर्नेमा जोड दिए।



कार्यक्रममा सहभागी प्रदेशका प्रमुख, उपप्रमुख ,अध्यक्ष र उपाध्यक्षले हिमाली क्षेत्रमा राजमार्गको निर्माण हुनुपर्ने, पालिकामा सरकारको काम कारबाही सेवामुखी हुनुपर्ने, प्रदेश सरकारबाट सञ्चालित योजना सम्बन्धित पालिकालाई जानकारी हुनुपर्ने, विकास निर्माणका काम सुनसरी, मोरङ र झापा केन्द्रीत हुने गरेकामा आगामी दिनमा त्यो हटाउनुपर्नेलगायत सुझाव आगामी बजेटमा समावेश गर्न सुझाव दिए । अन्तक्र्रियामा प्रदेशका १४ जिल्लाका १३७ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सहभागी थिए

प्रतिक्रिया