एमालेले उम्मेदवारी नदिएपछि जिससमा गठबन्धनका उम्मेदवार थापा सर्वसम्मत

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन भएका हुन् ।
जिससको निर्वाचन कार्य तालिकाअनुसार आज २ बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित नौ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले बताए ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेद्वारी दिएका थापा र कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शर्मासहित जिससमा चार दलको सहभागिता छ । सदस्यमा महिला सदस्य कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।
अल्पसंख्यक दलित सदस्यतर्फ कांग्रेसबाट उम्मेदवार कौशीला विक निर्वाचित हुँदा खुला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसको तर्फबाट टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रक्रिया पूरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए ।
बागलुङमा एउटामात्रै प्रमुख जितेको नेकपा एमालेले कुनै पनि पदमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरूका बीचमा भएको सहमतिअनुसार उम्मेदवारी दिएका सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया