फोहाेर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने
काठमाडौं । काठमाडौं महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधान गर्न भोलि वार्ता हुने भएको छ । काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बन्दै आएको छ ।
स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ । मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीयले अवरोध गरेका थिए । यसैबीच प्रहरीले बल प्रयोग गरेपछि अवस्था थप बिग्रिएको थियो ।
विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोनरत पक्षबीच भोलि वार्ता हुने भएको हो । वार्तामा सरकारका तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोर मैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्षलगायतका सहभागी हुने जनाइएको छ । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदै छ ।
यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनिबेँसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो ।
तर, स्थानीयलाई सहभागी नगराएको र प्रभावित क्षेत्रका वडाध्यक्षलाई नराखेको भन्दै स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए ।


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया