पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
मेरोन्यूज
२०७९ जेठ २७ गते ८:००

काठमाडौं । चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ ।
शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक-एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहिन रहे । बाकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।
जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ ।
आज नै भएको खेलमा स्विजरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।
सम्बन्धित









श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया