थप १७ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ जेठ २८ गते १८:२८

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
एक हजार १९३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ र ९८० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १९२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया