थप १७ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ जेठ २८ गते १८:२८

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
एक हजार १९३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ र ९८० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १९२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया