शुक्रबार, मंसिर १२, २०८२

अल्मुताइरी डिस्चार्जसँगै होटल फर्कने तयारी

मेरोन्यूज २०७९ जेठ २९ गते १६:०५

काठमाडौँ । टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । शनिबार राति नै अस्पतालले डिस्चार्ज गरेपछि उनी आफ्नो घर पुगेका थिए ।

अस्पतालले सुरुमा एक दिन अस्पतालमै बस्नु पर्ने बताएको थियो । डिस्चार्जपछि उनी आफ्नो घर पुगेका थिए । अब, उनी टिम रहेको होटल फर्कने छन् ।

शनिबार कुवेतविरुद्ध नेपाल खेल्दै गर्दा ४८ मिनेटमा अब्दुल्लाह टेक्निलक एरियामा ढलेका थिए । पछिल्लो समय अब्दुल्लाहमा मुटुको समस्या देखिएको छ । प्रतियोगितापछि अब्दुल्लाह गृहनगर कुवेतमै रहेर उपचार गर्ने तयारीमा थिए ।

एएफसी एसिया कप २०२३ छनोटका लागि यतिबेला कुवेतमा रहेको नेपाली टिमले लगातार दोस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालले ३१ गते इन्डोनेसियासँग खेल्ने छ ।

प्रतिक्रिया