शनिबार, वैशाख ५, २०८३

स्थानीय चुनावको समीक्षा गर्न एमाले सचिवालय बैठक बस्दै

मेरोन्यूज २०७९ जेठ ३० गते ७:०२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। आजको
बैठकमा एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा रिपोर्ट आज सचिवालयको बैठकमा पेस गरिने भएको छ।
त्यसैगरी, आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेन्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्न आज सचिवालय बैठक बस्ने भएको हो।

प्रतिक्रिया