शनिबार, वैशाख ५, २०८३

रासायनिक मलको अभावबारे संसदमा २ घन्टा छलफल हुने

मेरोन्यूज २०७९ जेठ ३० गते १२:२२

काठमाडौं । रासायनिक मलको अभाव भएको बारेमा नेकपा एमालेका सांसदहरुले पेश गरेको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रस्ताव पेश गरेका थिए ।

भट्टराईले प्रस्ताव पेस गरेपछि सभामुखले छलफलका लागि २ घण्टाको समय निर्धारण गरेका हुन् । एमालेका १५ सांसदले संघीय संसद् सचिवालयमा मलको विषयमा छलफल गर्ने प्रस्ताव दर्ता गराएका थिए।

संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि विषयगत छलफल गर्ने नियमित कार्यसूची स्थगित गरेर २ घण्टा मलको आपूर्तिका सन्दर्भमा छलफल सुरु भएको छ । अहिले एमालेका सांसदले मल नआएकोमा बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया