बालकोटमा नारायणकाजी र ओलीबीच गोप्य भेटवार्ता

काठमाडौं । नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् । माओवादी नेता श्रेष्ठले आइतबार करिब २ घण्टा ओलीसँग एक्लै भेटघाट गरेर स्रोत बताउँछ । यो भेटका बारेमा दुवै पार्टीका संयन्त्रलाई पनि यसको जानकारी दिइएको थिएन् ।
वाम गठबन्धनको सम्भावनालाई नेकपा एमाले र माओवादी केन्द्रको संस्थापनले अस्वीकार गरिरहेका बेला प्रचण्डसँग पार्टीभित्र फरक मत राखिरहेका श्रेष्ठले भेट्नुलाई अर्थपुर्ण तरिकाले हेरिएको छ ।
मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोमा दुवै नेता चिन्तित रहेको निकट स्रोतले जनाएको छ। श्रेष्ठ एमसीसीको व्याख्यात्मक घोषणासहित पारित गरेपछि बढिरहेका अमेरिकी गतिबिधिहरूप्रति रुष्ट छन् । चिनियाँहरूले माओवादीका वरिष्ठ नेता वर्षमान पुनमार्फत पनि पछिल्लो अवस्थाको बारेमा चासो राखेका स्रोत बताउँछ ।
यता,प्रधानमन्त्रीको अमेरिका भ्रमण र त्यसअघि भइरहेका अमेरिकी गतिविधिहरूलाई एमालेले जस्तै नारायणकाजी, देव गुरुङलगायतका नेताहरूले पनि असामान्य भन्दै सरकारको जवाफ मागेका छन् ।
शनिबार माओवादीकै नेता बर्षमान पुन र एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका वीचमा भेटवार्ता भएको थियो ।


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया