एनएमबी बैकद्वारा लालबन्दीका किसानलाई बित्तीय साक्षरता तालिम

काठमाडौँ । एनएमबी बैंकद्धारा लालबन्दी (सर्लाही)का तरकारी उत्पादक कृषकलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिब १५० जना कृषकको उपस्थिति थिए ।
बैंकको लघुवित्त विभाग तथा शाखा कार्यालय लालबन्दीद्वारा आयोजित कार्यक्रमा उपस्थित कृषकलाई उत्प्रेरणाका साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने सेवाका विषयमा शिक्षा प्रदान गर्नुको साथै किसानसँग अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बैंकका तर्फबाट लघुवित्त विभागका प्रबन्धक शरद पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेका थिए ।
सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनका लागि महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका करिब १५ सय किसान प्रत्यक्ष रुपमा व्यवसायिक तरकारी खेतीमा लागेका छन् । यस क्षेत्रमा उत्पादित तरकारी काठमाडौँ, पोखरा, बिराटनगर, नारायणगढलगायत शहरमा पठाइने गरिन्छ ।
कार्यक्रमले किसानमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
















27 days to HoR elections: Ballot papers printing and packing on pace
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
प्रतिक्रिया