महालक्ष्मी बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिकमा छुट
मेरोन्यूज
२०७९ असार २ गते १८:२८

काठमाडौँ । ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा दिँदै आएको महालक्ष्मी विकास बैंक र महाराजगञ्जमा अवस्थित काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरबीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवामा छुट प्राप्त गर्न सक्ने छन् । यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बैंकले हाल १०३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले विभिन्न सेवा दिँदै आएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया