मकर राशिलाई आजको दिन मान सम्मान मिल्ने,तपाईको राशिफल कस्तो ?

काठमाडौं । आजको पात्रो : १० असार २०७९ शुक्रबार । जुन महिनाको २४ तारिक २०२२ । आषाढकृष्णपक्ष योगिनी एकादशी । एकादशीको दिन व्रत गर्नेहरूले अन्न खादैनन् ।
वर्षमा २४ एकादशी हुन्छन् ती एकादशीका दिन व्रत गर्ने चलन रहेको छ । आज बब करण, अश्विनी नक्षत्र, सुकर्मा योग र चन्द्रमा मेष राशिमा रहेको छ । सूर्योदय ०५ः१० मा हुनेछ भने सूर्यास्त ०७ः०३ मा हुनेछ ।
बिहान १०ः२३ देखि १२ः०७ सम्मको समयमा राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहुन अनुरोध छ । आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ ।
शुक्रबार पारिवारिक मनोरन्जनात्मक कार्यमा समय खर्च गर्दा उपयुक्त दिन मानिन्छ । सौन्दर्यको सामग्री खरिद र विदेश यात्राको लागि शुक्रबारको दिन शुभ मानिन्छ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
मेष राशिका जातका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । आज नजिकको शिवालय यात्रा गर्दा मनमा खुसियाली छाउनेछ । देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । आज सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।
वृष
व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसी हुनुहुनेछ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । मौन रहनु उत्तम हुनेछ ।
मिथुन
आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ ।
कर्कट
आजको दिन शुभ छ । आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भनेदुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु होला ।
सिंह
आजको दिन परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोपसमेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या
कन्या राशिका जातकका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनीराशिबाट महिला र बृद्ध माताहरुलाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।
तुला
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।
वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।
धनु
धनु राशि भएका जातका लागि ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।
मकर
आजको दिन मान सम्मान मिल्ने छ । तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला ।
मीन
बिहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ ।
















मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया