नयाँ मन्त्रीको सपथ भोलिसम्म हुन्छः राजेन्द्र पाण्डे

काठमाडौं / बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताएका छन् ।
एकीकृत समाजवादीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिए ।
‘पहिले सरकारमा सामेल हुँदा म आफैं बसेको बैठकले पत्र पठाएर उहाँहरू मन्त्ती हुनु भएको हो । अब त्यस्तै पत्र पठाएर उहाँहरू फिर्ता हुनु हुन्छ र भोलि (शनिबार) सम्म नयाँ मन्त्रीको सपथ हुन्छ,’ उनले भने ।
मुख्यमन्त्री पाण्डेले विगतमा आफ्नो पार्टीसँग थोरै सिट भएकाले ‘तपाईहरु (मन्त्री) लाई फिर्ता गरेर नयाँ मान्छे पठाउँछौं भनिएको थियो । उहाँहरू सबैले हुन्छ भन्नुभएको हो । अहिले मलाई थाहा छैन भन्नु बेकारको कुरा हो’ भने ।
बजेटमाथि संसदमा छलफल भइरहेको र मन्त्रीहरूले जवाफ दिने बेला मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय अलि अपरिपक्व रहेको पनि उनले स्वीकारे । तर, अहिले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयबारे जवाफ दिइसकेकाले मन्त्री हेरफेर उनको भनाइ छ ।
















प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया