मदन भण्डारी कलेजद्वारा आयोजित आँखा तथा दन्त शिविर सम्पन्न

काठमाडौँ । सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो ।
शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।
‘आज आयोजित कार्यक्रमबाट २८४ दाँतका बिरामी र ४४७ आँखाका बिरामीले लाभ लिएका छन्, जसमा ५३ जना बिरामीलाई चस्मा लगाउनु पर्ने भएको छ, १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको छ,’ शिक्षक शर्माले भने, ‘मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।’
शिक्षक शर्माका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । उनले भने, ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन् ।’ कलेजकै विद्यार्थी, शिक्षक, परिवारका सदस्यहरूले समेत उक्त शिविरबाट लाभ उठाएको शिक्षक शर्माले बताए ।
शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने तिलगंगा आँखा विज्ञान प्रतिष्ठान, समाज डेन्टल, युनिलिभर नेपाल लिमिटेड, स्थानीय स्वयंसेवक, लाभग्राही र कलेजका सम्पूर्ण कर्मचारी तथा विद्यार्थीलाई कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक शर्माले धन्यवाद ज्ञापन गरेका छन् ।
कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर शुक्रबार रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा कलेज परिसरकै विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमबाट ९९ पिन्ट रगत संकलन भएको शर्माले बताए । त्यस्तै असार १४ गते हुने वार्षिकोत्सको अवसरमा भोलि (१२) गते कलेज परिसर र कलेज वरिपरका क्षेत्रमा सरसफाइ गर्ने भएको छ ।
तस्बिरमा हेर्नुहोस् शिविर


















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया