विद्यार्थीले सफलता हासिल गर्न महत्वपूर्ण दक्षताको पहिचान गर्नु : डा. साहनी

काठमाडौँ । भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा. सञ्जीव पी. साहनीले ‘विद्यार्थी माझ व्यवहारजन्य दक्षता र कार्य सम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने’ कुरामा जोड दिएका छन् । आइतबार काठमाडौंस्थित होटल मेरियटमा आयोजित एक प्रेस सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
कम्पिटेन्सी म्यापिङ प्रविधिमार्फत विद्यार्थीबीच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमता अभिवृद्धि गर्नेबारे डा. साहनीले विस्तृतमा बताएका हुन् । यस्तै विद्याार्थीको शैक्षिक प्रदर्शन, भावनात्मक सन्तुष्टि र करियर सफलतालाई कसरी उनीको व्यवहारसम्बन्धी स्टिमुलाइले प्रभाव पार्दछ भनेर पनि व्याख्या गरेका थिए ।
‘विद्यार्थीहरूको सापेक्षिक सबल पक्ष र कमजोरीहरू बुझ्नु र तिनकै आधारमा उनीहरुले विकास गर्नुपर्ने मुख्य दक्षताहरू पहिचान गर्नु अत्यन्त आवश्यक हुन्छ, यो सबै विद्याार्थीहरुको टिमवर्क, नेतृत्व क्षमता र निर्णय लिने क्षमता जस्ता क्षेत्रहरूमा उनीहरुको कौशलता पहिचान गर्ने र तिनकै आधारमा सुधारात्मक संयन्त्र निर्माण गर्ने कुरासँग सम्बन्धित छ,’ डा. साहनीले भने । उनी हालै वल्र्ड सोसाइटी अफ भिक्टिमोलजीको उपाध्यक्षमा चुनिएका छन् ।
साहनीले ५० भन्दा बढी देशका दुई लाखभन्दा बढी विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, उच्च सरकारी अधिकारीलगायत सम्बन्धी तालिम दिँदै आएका छन् । उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलमा ४० भन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित गरेका छन् ।













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया