नर्भिकका नाममा अष्ट्रेलिया जानुअघि गरिने मेडिकल जाँचमा ठगी

काठमाडौँ । नर्भिक इन्टरनेशल अस्पतालले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल जाँच छिटो गराइदिने भन्दै ठगी धन्दा चलाएको सार्वजनिक गरेको छ ।
यसैबीच अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल जाँच नर्भिक अस्पतालमा हुने जनाएको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनु पर्ने हुन्छ ।
‘अष्ट्रेलियाका लागि मेडिकल जाँच गराउनु पर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँद छौँ,’ अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । अस्पतालले अनधिकृत रुपमा विभिन्न गिरोहले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिनसमेत आह्वान गरेको छ ।
नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा अस्पताल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरीसमेत दिइसकेको जनाएको छ ।















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया