धारिलो हतियार प्रहार गरी आमाको हत्या
मेरोन्यूज
२०७९ असार १३ गते २०:०८
काठमाडौँ । माडी नगरपालिका ६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।
स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए । उनका अनुसार मकैबारीमा काम गरिरहेको समयमा अर्जुनले पछाडिबाट धारिलो हतियार प्रहार गरेका हुन् ।
छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
सम्बन्धित
















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया