रूसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने
काठमाडौँ । युक्रेनमा रूसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रूसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।
रूसी विदेश मंत्रालयद्वारा प्रकाशित नयाँ कालो सूचीमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीका नेता सुजान कावन र क्यानेडियाली तथा बेलायती केन्द्रीय बैंकका पूर्व गभर्नर मार्क कार्नी समावेश रहेका छन् । रूसले वरिष्ठ निजामती कर्मचारी, उच्च अधिकारीका राजनीतिक सल्लाहकार र नागरिक समाजका सदस्यहरूलाई पनि दण्डित गरिएको जनाएको छ ।
मस्कोको विदेश मन्त्रालयले ट्रुडो सरकारको ‘रूसोफोबिया’को आलोचना गरेको छ । यूक्रेनमा आफ्नो आक्रमणको सुरुवातदेखि नै रूसले आफ्नो इलाकामा प्रवेश गर्न सोमबार घोषणा गरिएकालगायत ७०० भन्दा बढी क्यानेडियालीलाई प्रतिबन्ध लगाएको छ ।
मे महिनामा क्रेमलिनले क्यानेडियाली राष्ट्रिय सार्वजनिक प्रसारक सीबीसी, रेडियो–क्यानडाको मस्को कार्यालय बन्द गरी आफ्ना पत्रकारको भिसा र मान्यता पास रद्द गरेको थियो ।
यो कदम मार्चमा रूसी राज्य सञ्चालित सञ्चारमाध्यम आरटीमा प्रतिबन्ध लगाउने क्यानाडाको निर्णयको बदलामा भएको बताइएको छ ।










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया