रूसले थप ४३ क्यानेडियालीलाई कालो सूचीमा राख्ने
काठमाडौँ । युक्रेनमा रूसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रूसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।
रूसी विदेश मंत्रालयद्वारा प्रकाशित नयाँ कालो सूचीमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीका नेता सुजान कावन र क्यानेडियाली तथा बेलायती केन्द्रीय बैंकका पूर्व गभर्नर मार्क कार्नी समावेश रहेका छन् । रूसले वरिष्ठ निजामती कर्मचारी, उच्च अधिकारीका राजनीतिक सल्लाहकार र नागरिक समाजका सदस्यहरूलाई पनि दण्डित गरिएको जनाएको छ ।
मस्कोको विदेश मन्त्रालयले ट्रुडो सरकारको ‘रूसोफोबिया’को आलोचना गरेको छ । यूक्रेनमा आफ्नो आक्रमणको सुरुवातदेखि नै रूसले आफ्नो इलाकामा प्रवेश गर्न सोमबार घोषणा गरिएकालगायत ७०० भन्दा बढी क्यानेडियालीलाई प्रतिबन्ध लगाएको छ ।
मे महिनामा क्रेमलिनले क्यानेडियाली राष्ट्रिय सार्वजनिक प्रसारक सीबीसी, रेडियो–क्यानडाको मस्को कार्यालय बन्द गरी आफ्ना पत्रकारको भिसा र मान्यता पास रद्द गरेको थियो ।
यो कदम मार्चमा रूसी राज्य सञ्चालित सञ्चारमाध्यम आरटीमा प्रतिबन्ध लगाउने क्यानाडाको निर्णयको बदलामा भएको बताइएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया