ट्वीटलाई लिएर मोदीका प्रखर आलोचक पक्राउ

नयाँ दिल्ली / भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रखर आलोचक तथा फ्याक्ट–चेकिङ वेबसाइटका सह–संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । अल्ट न्यूजका मोहम्मद जुबैर पक्राउ परेका हुन् । उनलाई ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप लगाइएको भारतीय मिडिया संगठनहरूको नेटवर्कले जनाएको छ ।
उनको पक्राउकाे विपक्षी नेता र कार्यकर्ताहरूले निन्दा गरेका छन् । जुबैरले हालै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ताले एक टेलिभिजन बहसको क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको टिप्पणीलाई ‘हाइलाइट’ गरेका थिए ।
उनको ट्वीट चौतर्फी सेयर गरिएको थियो । धेरै मुस्लिम देशहरूले भारतसँग कडा विरोध जनाएका थिए । पछिल्ला सातामा हिन्दू राष्ट्रवादीहरूले जुबैरले गरेका विगतका टिप्पणीहरूमा सरकारको ध्यानाकर्षण गरेका छन् र आफूहरूको धार्मिक भावनामा चोट पुर्याएको अभियोगमा कारबाही गर्न सरकार समक्ष मागसमेत गरेका छन् ।
सन् २०१८ मा एउटा विवादास्पद ट्वीट गरेपछि जुबैर पक्राउ परेका थिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया