जी-७ समूहको सम्मेलन : युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता
मेरोन्यूज
२०७९ असार १४ गते ११:४१

वर्लिन । जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ ।
भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपील गरे ।
जी–७ नेताहरू बढ्दो रूसी आक्रामकताविरुद्ध आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्नेछौं र युक्रेनलाई जति समय लाग्छ त्यसको साथमा उभिनेछौं’, उनीहरूले विज्ञप्तिमा भनेका छन् ।
‘हामी बेलारुसको सहयोगमा रुसद्वारा युक्रेनविरुद्धको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानूनी आक्रामक युद्धको निन्दा गर्छौं’, विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया