जी-७ समूहको सम्मेलन : युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता
मेरोन्यूज
२०७९ असार १४ गते ११:४१

वर्लिन । जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ ।
भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपील गरे ।
जी–७ नेताहरू बढ्दो रूसी आक्रामकताविरुद्ध आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्नेछौं र युक्रेनलाई जति समय लाग्छ त्यसको साथमा उभिनेछौं’, उनीहरूले विज्ञप्तिमा भनेका छन् ।
‘हामी बेलारुसको सहयोगमा रुसद्वारा युक्रेनविरुद्धको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानूनी आक्रामक युद्धको निन्दा गर्छौं’, विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया