माधव नेपाललाई प्रधानमन्त्रीको ‘अफर’कसले गर्यो ?
पार्टी राष्ट्रिय प्रतिनीधि परिषद बैठकमा फेरि माधब नेपालले आफुलाई प्रधानमन्त्रीको अफर आएको दोहोर्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रतिनीधि परिषदको बैठक समापन हुँदै गर्दा पूर्व प्रधानमन्त्री माधव नेपालले कम्तीमा एउटा निर्वाचनसम्म केपी ओली र उनले नेतृत्व गरेको पार्टीसँग सहकार्य र एकता नहुने बताइरहेका थिए ।
बैठकमा आएका नेता कार्यकर्ताले वामगठबन्धन र एमालेसँगको सहकार्यलाई खुला गर्नुपर्ने सुझाव दिदै गर्दा नेपालले सो कुरा बताए । उनले वामगठबन्धनको विषयमा केही कुराहरु भनिरहँदा पार्टीको बैठक चलिरहेका बेला आफूलाई प्रधामन्त्रीको अफर आएको फेरि बताउन भ्याए ।
उनले गोप्य रुपमा कोही व्यक्तिले प्रधानमन्त्रीको अफर लिएर आएको र त्यसलाई आफूले अस्वीकार गरेको बताए । तर नेपालले प्रधानमन्त्रीको अफर गर्ने व्यक्ति वा समूह भने खुलाउन चाहेनन ।
‘मैले अहिलेलाई यति भने यस्ता अफरमा म विश्वास गर्दिन’, माधव नेपालको भनाई उद्यृत गर्दे बैठकमा सहभागी एक नेताले भने ।
यसअघि नेकपा एमालेको तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष नेपाललाई एमालेले प्रधानमन्त्रीको अफर गरेको हल्ला चलेको थियो । तर एमालेले सो विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।
वैशाख २५ गते केपी ओलीले माओवादीलाई लक्षित गर्दै दूध भात दिन सकिने मात्रै बताएका थिए । त्यसपछि स्थानीय तहको निर्वाचनमा होमिएका दलहरुबीच संवाद गर्ने अवस्था बनेको थिएन । स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादीबीच निरन्तर कुराकानी र भेटघाट भैरहेका छन् । तर औपचारिक कुराकानीको सन्र्दभ भने बाहिर आएको छैन ।
तर मंगलबार साँझ नेकपा एस पार्टीका अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको पार्टीको केन्द्रीय परिषद बैठकमा बताएका थिए । यसअघि काठमाडौं बाहिर पुग्दा पत्रकारसग नेपालले प्रचण्ड र आफुलाई प्रधानमन्त्रीको अफर आएको बताएका थिए ।
राष्ट्रिय प्रतिनीधि परिषदको बैठकलाई सम्बोधन गर्ने क्रममा फेरि सो कुरा बताएपछि कार्यकर्ताहरुमाझ पनि कौतुहलता सिर्जना भएको थियो । ‘मलाई केही दिन अघि मात्रै, पार्टीको बैठक आयोजना गरिरहँदा कहिँ कतैबाट प्रधानमन्त्रीको अफर आएको थियो तर म त्यस्तो प्रलोभनमा लोभिने मानिस होइन’, नेपालले भने ।
खासगरी वामगठबन्धनको कुरा चलिरहेको बेला अध्यक्ष नेपालले सो विषयलाई वैठकमा उजागार गरेका थिए । ´कोही साथीले प्रधानमन्त्रीको अफर लिएर आउनु भयो, यस्ता प्रस्तावहरु छन्, तर म समग्र साथीहरुको हित चाहन्छु’, उनले भनेका थिए ।
तर यो विषयमा बैठकपछि थप चर्चा नभएपनि कार्यकर्ताले कुन पक्षबाट माधब नेपाललाई त्यस्तो प्रस्ताव आएको हो भन्ने बारेमा केही अनुमान लगाउन नसकेको एक नेताले बताए ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया