१४ वर्षीया किशोरीलाई यौनकर्म गर्न लगाउने ६२ वर्षीय वृद्धसहित ६ जना पक्राउ

काठमाडौं । ताप्लेजुङमा एक १४ वर्षीय किशोरीलाई केही होटल सञ्चालकले राख्ने र यौन कर्ममा लगाएको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले होटल सञ्चालकसहित तीन दिनमा ६ जना पक्राउ गरेको हो।
मंगलबारसम्म तीन होटेल सञ्चालक र तीन ग्राहकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुविरुद्ध मुद्दा दर्ता प्रक्रिया पनि सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) कैलाश राईले जानकारी दिए । उनले भने,‘ पक्राउ परेका मध्येका तीन जनालाई जबरजस्ती करणी (बलात्कार), दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।’
प्रवक्ता राईका अनुसार बालिकाले प्रहरीलाई दिएको सुरुवाती बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको थियो । सामान्यतया एक ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
पक्राउ पर्नेमा होटलका सेवाग्राही ६२ वर्षीय पुरुष पनि रहेको प्रहरीले जनाएको छ । ती वृद्ध ग्राहकको रुपमा ती किशोरीसँग यौन कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरुको विवरण गोप्य राखिएको डिएसपी राईले बताए ।
















सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया