बैतडीमा अटो र मोटरसाइकल ठोक्कियो, पाँच जना घाइते

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् ।
सु।प।प्र।०२००३प ९३६७ नम्बरको मोटरसाइकलल र सु.प.प्र.०१ ००१ ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।
दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी-६ का मोटरसाइकल चालक ३५ बर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० बर्षीय मनोरथ नाथ रहेका छन् ।

यसैगरी, दार्चुलाको लेकम-१ सिजालीका ३२ बर्षीय मानसिंह कार्की र उनकै ३० बर्षीय श्रीमती भागरथी कार्की रहेका छन् ।
घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ ।

मोटरसाईकल गोकुलेश्वर बजार बाट पञ्ज्युनया तर्फ गइरहेको अटोलाई बिपरीत दिशाबाट आउदै गरेको मोटरसाईकलले ठक्कर दिएको हो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया