नबिल बैंकमा सीईओको कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाले

काठडमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आज मिति २०७९ आषाढ १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिल बैंक लिमिटेडकोे मिति २०७९/०३/१६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो ।
बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।
भारतबाट चार्टर्ड एकाउन्टेन्सी (CA) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (CPA) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघ -Management Association Nepal) द्वारा Manager To Watch र सन् २०१५ मा Manager of the Year विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।
उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।















नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
प्रतिक्रिया