एनआईसी बैंकको मोबाइल एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

काठमाडौं । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रहि नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ वेबसाइट,सर्भिस इन्टरनेट बैंकिङ नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।
यस सुविधा मार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एसीया मोबैंक एप, सर्भिस वेबसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने भएको छ । साथै बैंकले यसअघि एनसेल को नेटवर्कमा पनि एनआईसी मोबैंक एप, सर्भिस, वेबसाइट तथा इन्टरनेट बैंकिङ जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।
वृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहक महानुभावहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरूप ल्याएको यस निःशुल्क एनआईसी मोबैंक सर्भिस वेबसाइट तथा इन्टरनेट बैंकिङ प्रयोग सुविधा एनसेल र एनटीसीका ग्राहकहरूलाई उपलब्ध हुनेछ ।
साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरू लिँदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरूको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ । बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रवर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक हुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई सर्भिसमार्फत अघि बढाइरहेको छ ।
साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले सर्भिस प्लेटफर्मको विकास गरी एनआईसी एसिया मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाइनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।
यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया