फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ : प्रचण्ड
तत्कालिन नेकपा कालको सचिवालयमा रहेका बहुमत नेताहरुको बैठक बसेर कम्युनिष्ट एकताका लागि अपिल गर्नेबारे तयारी भईरहेको प्रचण्डको खुलासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी नयाँ तरिकाले कम्युनिष्ट एकता गर्न सकिने बताएका छन् । पार्टी केन्द्रीय समितिको आइतबारको बैठकमा प्रदेशबाट रिपोट राख्ने क्रम सकिएपछि प्रचण्डले कम्युनिष्ट एकताको वहस पार्टी भित्र प्रवेश गराउँदै यसबारेमा नयाँ शिरावाट वहस चलाउन सकिने बताएका हुन् ।
‘आज मात्रै नेकपा हुँदाका सचिवालय सदस्यहरुसँग छलफल भएको थियो’, प्रचण्डले पार्टी बैठकमा भने, ‘नेकपा एकीकृत गर्न वामपन्थी आन्दोलनका लागि सम्भावना अझै छ। फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ । यो बैठक आज छिट्टै सकियो भने सचिवालयको बहुमतको बैठक बस्नुपर्यो भनेर साथीहरुले भन्नु भएको छ । अपिल गर्नुपर्यो भनेर भन्नु भएको छ ।’
बैठक बसेर एकताका लागि आह्वान गर्ने योजना रहेको प्रचण्डले बैठकमा सुनाए ।
विस्तारै फेरि वामपन्थी एकताको सम्भावना पैदा भएको उनको भनाइ छ । उनले कम्युनिस्ट एकताबारे सोमबारको बैठकमा धारणा राख्न पनि सदस्यहरुलाई आग्रह गरेका छन् ।
‘नेपालमा माओवादी आन्दोलन र माओवादी पार्टी एकता प्रक्रियामा जानैपर्ने छु’, प्रचण्डले भने, ‘अझ संस्थागत रुपमा माओवादी अगाडि बढ्ने क्रम बढेको छ। हिजोको माओवादी एकीकृत हुने सम्भावना बढेको छ। हामीले ठूलै कोसिस गर्यौँ। माओवादीमा देखा परेका विचलन हल गर्ने मात्र नभइ माओवादी धारा एक हुने क्रम अहिले पनि छ।’
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया