काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको ३ शाखा थपियो
मेरोन्यूज
२०७९ असार १९ गते १६:५९

काठमाडौँ । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा काठमाडौँमा थप तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौँ ठूलो भर्याङ्ग, थली र बूढानीलकण्ठमा शाखा सञ्चालनमा ल्याएको हो । योसँगै काठमाडाैँ उपत्यकामा यस बैंकको शाखा ३२ वटा पुगेको छ ।
यी शाखामार्फत ग्राहकले बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टी.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा दिने भएको छ । यस्तै, चार वटा शाखा स्थानान्तरण गर्ने कामसमेत पूरा भएको छ ।
करिब १४ लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले देशभर १७७ वटा शाखा, १२९ वटा ए.टी.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।
सम्बन्धित














कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया