भिभो बन्यो ‘विश्वकप फुटबल २०२२’को आधिकारिक प्रायोजक

काठमाडौँ । भिभो ग्लोबल स्मार्टफोन ब्राण्डले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ ।
यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्राण्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानसँग जोडिन अद्वितीय प्रवर्धन सञ्चालन गर्ने छ । यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउण्ड ब्रेकिंग स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने प्रयास गरिरहेको छ ।
‘फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो, ‘सुन्दर खेल’ भनेर चिनिने फुटबलसँग उमेर, जात, लिङ्ग र संस्कृतिको बावजुद विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति छ, प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ,’ साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘किनकी हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रमा उपस्थिति रहेको छ, यो साझेदारीले खेलकुदलाई प्रवद्र्धन गर्ने हाम्रो अन्तर्निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ, जसले लाखौं मानिसहरूलाई आनन्दित तुल्याउँदै विश्वभरका उपभोक्ताका लागि अद्वितीय अनुभव प्रदान गर्दछ ।’
दक्षिण एसियामा शुरुवात गरेदेखि नै भिभोको ध्यान र प्रतिबद्धता स्थानीय ग्राहकलाई उत्कृष्ट उत्पादन अनुभव उपलब्ध गराउनमा रहेको छ । साथै भिभोको स्थानीयकृत उत्पादन र मार्केटिंग रणनीतिले बजार हिस्सामा द्रुत वृद्धि देखेको छ । भिभोले प्रयोगकर्तालाई केन्द्रित गर्दै अग्रगामी स्मार्टफोन प्रविधिहरू प्रदान गर्न निरन्तर जारी राख्ने छ ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया