एनआईसी एशिया बैंकले गर्यो मोबाइल बैंकिङ्ग एपको स्तरोन्नति

काठमाडौँ । एनआईसी एशिया बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप सुरुवात गरेको छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले ओम्नी च्यानल नयाँ सेवाको सुरुवात गरेको हो ।
हालका एनआईसी एसिया मो बैंक प्रयोगकर्ताले एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्ने छन् । नयाँ ग्राहक महानुभावले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्ने छन् ।
बैंकले निकट भविष्यमा थप सेवाहरू यसै एपमार्फत दिन तयारी गरिरहेको बैंकले जनाएको छ । स्तरोन्नति पश्चात् एपबाट ग्राहक महानुभावले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुरुलगायत सेवाहरू लिन सक्ने छन् ।
हाल बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर तथा ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।














गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया