कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार २० गते ६:२५

कोपनहेगन । डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । बन्दुकको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए ।
संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।
गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए । त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए । उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया