ग्वाटेमालादेखि आउँछ नेपालमा सुकमेल, एघार महिनामा करिव ६५ करोडको भित्रियो

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँको सुकमेल आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुकमेल नेपाल भित्रिएको हो ।
सो समयमा नेपालले ४ लाख १५ हजार ७४८ केजी सुकमेल आयात गरेको विभागले जनाएको छ ।
नेपालले चालु आर्थिक वर्ष दुई वटा देशबाट मात्र सुकमेल आयात गरेको छ । छिमेकी राष्ट्र भारत र मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाबाट सुकमेल नेपालले आयात गरेको छ ।
बितेको एघार महिनामा ग्वाटेमालाबाट ३९ करोड १० लाख २८ हजार रुपैयाँको २ लाख ५० हजार केजी सुकमेल नेपालमा भित्रिएको छ ।
यस्तै, भारतबाट सोही समयमा २५ करोड ७७ लाख ६४ हजार रुपैयाँको १ लाख ६५ हजार ७४८ केजी सुकमेल नेपालले आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले ग्वाटेमाला, भारत र युनाइटेड अरब इमिरेट्सबाट ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँको सुकमेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया