शुक्रबार, फागुन २९, २०८२

संसदमा ओलीले भने – बजेटका बारेमा संसदीय छानविन गर्नुपर्छ

मेरोन्यूज २०७९ असार २० गते १४:१८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेट बनाउँदा अनियमितता र अनाधिकृत ब्यक्तिहरुको सहभागिता भएको भन्दै त्यसको छानविनका लागि संसदीय छानविन समिति बनाउन माग गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधीसभाबाट बजेट पारित भईसकेको सन्दर्भमा फेरि पनि एमालेले बजेट बानाउँदा अर्थमन्त्री जर्नादन शर्माले अनाधिकृत ब्यक्तिलाई सहभागी गराएर बजेटमा करको दररेट हेरफेर गरेको भन्दै त्यसको संसदीय छानविनको माग गरेका हुन् ।


‘छानविन समिति बनाएर यसको सतयतथ्य बाहिर आउनुपर्छ । म मन्त्रीलाई भन्दिन, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । के प्रधानमन्त्री लाचार हुनुभएको हो ? गठबन्धन जोगाउने नाममा देश नै भड्खालोमा हाल्ने ? म यस बारेमा प्रधानमन्त्रीज्यूुले संसदीय छानविन समिति बनाएर जानुपर्छ ।’ संसदमा विशेष समय लिएर बोल्दे पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘विश्वमै नभएको कुरा बाहिरीया मान्छे राखेर बजेट बनाउने कुरा के हुन्छ ? त्यसकारण यसको छानविन हुनुपर्छ । छानविन गर्नुपर्छ । प्रधानमन्त्रीले छानविन गर्नुपर्छ भनेर कबुल गर्नुपर्छ । यस्तोमा छानविन हुनुपर्छ । प्रतिवेदन आउनुपर्छ । प्रतिवेदन आएपछि उहाँ निदोष हुनुहोला नी त । म एउटा मन्त्रीको कुरा गरिरहेको छैन, संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । प्रधानमन्त्रीले यस्ता कुरामा नियन्त्रण गर्नुपर्छ । अरु जवाफदेही नभएपनि प्रधानमन्त्री जवाफदेही हुनुपर्छ । खोई उत्तरदायित्व ? ओठो कुरा होइन, प्रमाणसहितको जवाफ आउनुपर्छ ।’

उनले अहिलेको बजेटामा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले बजेट केही घरानाको जस्तो मात्र भएको बताएका हुन् । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

ओलीले अहिलेको बजेट बजेट नै नभएको पनि टिप्पणी गरे ।

‘यो बजेट नै होइन, यो त ब्यापारीका अनुहार देखिन्छ । ब्यापारिक घरानाका अनुहार देखिन्छ । बजेट बनाउन अर्थमन्त्रालयका कर्मचारीको भर परिएन । यस बारेमा प्रश्न उठाउनेलाई उल्टै धम्काउने ?’ओलीले भने ।

प्रतिक्रिया