साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा कारोबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो ।
आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको हो ।
अघिल्लो कारोबार दिनमा सेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको थियो ।
सेयर बजारमा आज शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टलरीको १६ करोड ९० लाख ५१ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख ६७ हजार रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ११ करोड ६७ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।















महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिक्रिया