शनिबार, माघ ३, २०८२

एक सातामै बैंकमा थपियो ३४ अर्ब रुपैयाँ

मेरोन्यूज २०७९ असार २१ गते १४:५३

काठमाडौँ । पछिल्लो साता वाणिज्य बैंकमा ३४ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । अघिल्ला साताको तुलनामा गत साता निक्षेप उच्च दरले थपिएको हो ।

सरकारी खर्च बढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढेको हो । तर, आर्थिक वर्षको अन्त्यमा बैंकहरुले कर्जा असुलीमा ध्यान दिने भएकाले उक्त अवधिमा कर्जा विस्तार न्यून देखिएको बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो शुक्रबार (असार १० मा) ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको कूल निक्षेप बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

गत चैतदेखि नै वाणिज्य बैंकको कूल कर्जा प्रवाह घटेको छ । गत चैत मसान्तमा वाणिज्य बैंकको कूल कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया