एक सातामै बैंकमा थपियो ३४ अर्ब रुपैयाँ
मेरोन्यूज
२०७९ असार २१ गते १४:५३
काठमाडौँ । पछिल्लो साता वाणिज्य बैंकमा ३४ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । अघिल्ला साताको तुलनामा गत साता निक्षेप उच्च दरले थपिएको हो ।
सरकारी खर्च बढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढेको हो । तर, आर्थिक वर्षको अन्त्यमा बैंकहरुले कर्जा असुलीमा ध्यान दिने भएकाले उक्त अवधिमा कर्जा विस्तार न्यून देखिएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो शुक्रबार (असार १० मा) ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको कूल निक्षेप बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
गत चैतदेखि नै वाणिज्य बैंकको कूल कर्जा प्रवाह घटेको छ । गत चैत मसान्तमा वाणिज्य बैंकको कूल कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।
सम्बन्धित















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया