शुक्रबार, माघ २, २०८२

कम्पनीको ब्यानर सगरमाथामा फहराउने शेर्पालाई रिलायन्स लाइफको सम्मान

मेरोन्यूज २०७९ असार २१ गते २०:५७

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाले रिलायन्स लाइफको ब्यानर सगरमाथाको चुचुरोमा फहराएका छन् ।

उनले गत वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफको ब्यानर फहराएका थिए ।

सगरमाथा आरोही शेर्पालाई रिलायन्स लाइफले आज एक कार्यक्रम आयोजना सम्मान गरेको छ । उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदर पत्रले स्वागत एवं सम्मान गरेका थिए । शेर्पा रिलायन्स लाइफका एक सफल बीमाकर्मी हुन् ।

प्रतिक्रिया