संसद भवन पुगे अर्थमन्त्री, सभामुखको कार्यकक्षमा अझै छलफल

काठमाडौं । विहान ११ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्मा ले आफुमाथी उठेका प्रश्नहरुका विषयमा संसदमा आज जवाफ दिने तयारी गरेका छन् ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमनत्रीलाई बोल्न नदिने र उनलाई नसुन्ने रणनीति अखितयार गरेपछि अव के गर्ने ? भन्नेमा केन्द्रीत रहेर सभामुख स.सदको बैठक रोकेर परामशृमा जुटेका छन् ।
संसद भवन नयाँ बानेश्वरस्थित सभामुखकको कार्यकक्षमा अहिले सवै राजनीतिक दलका प्रतिनिधी सांसदहरुका वचिमा छलफल चलिरहेको छ । एमालेले अर्थमन्त्री माथी छानविनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेको छ । माओवादी केन्द्र एमालेको मागमा लचिलो बन्दै अर्थमन्त्रीले संसदमा जवाफ दिएपछि छानविन समिति बनाउन लचक देखिएको छ ।
तर अझै के गर्ने ? भन्नेमा निश्कर्ष नस्किेका कारण संसद बैठक शुरु हुन सकेको छैन । एमालेले अर्थमन्त्रीलाई संसद भवन प्रवेश नै गर्न नदिने गरी भातृ सस्थाका नेता कार्यकर्ता संसद भवन बानेश्वर क्षेत्रमा उतारेपछि अर्थमन्त्री भने उच्च सुरक्षाका साथ संसद भवन पुगेका छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया