अर्थमन्त्री शर्माले दिए राजीनामा
मेरोन्यूज
२०७९ असार २२ गते १६:३१

काठमाडौं । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । सबै छानविनहरुका लागि तयार रहेको बताउँदै उनले राजीनामा दिएका हुन् । बुधबार प्रतिनिधि सभाको वैठकमा बोल्दै उनले राजीनामा दिएका हुन् ।
उनले प्रतिनिधि सभाको वैठकमा बोल्दै छानविन समितिले गर्ने काममा पुर्ण सहयोग गर्ने समेत बताएका छन् । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका शर्मामाथि छानविन गर्न विषेश संसदीय छानबिन समिति बनाईएको थियो ।
आफुमाथि करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएको आरोप लागेसँगै उनले राजीनामा दिएका हुन् । राजीनामा दिँदै उनले आवश्यकिय छानविनमा सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
यो पनि
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया