पुरस्कार राशीलाई डबल गरी बसन्त चौधरीद्वारा स्रष्टा परिवारलाई प्रदान

काठमाडौँ । चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । केही समयअघि चौधरीले एक लाख रुपैयाँ राशीको ‘नई ईश्वर बल्लभ अवार्ड’ पाएका थिए ।
थापाथलीस्थित स्वर्गीय कवि ईश्वर बल्लभको निवासमा पुगेर साहित्यकार चौधरीले बल्लभ परिवारजनलाई आफूले पाएको पुरस्कार राशीमा त्यति नै रकम थपेर प्रदान गरेका हुन् । चौधरीले ईश्वर बल्लभकी पत्नी कमला भट्टराईलाई भेटेर २ लाखको चेक प्रदान गरेका थिए ।
चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा नई प्रकाशनले पुरस्कार स्थापना गरी वितरण गर्न थालेको थियो । नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो ।
नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईसमेत उपस्थितिमा चौधरी स्व. ईश्वर बल्लभकै घर पुगेर आफूले पाएको पुरस्कार राशीमा थपेर कवि परिवारलाई सहयोग प्रदान गरेका थिए ।
स्व. कविकी पत्नी कमला भट्टराईले बसन्त चौधरीको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।















प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
रुपन्देहीमा लागुऔषध कारोबारी नियन्त्रणमा लिने क्रममा तीन जनालाई गोली प्रहार
किम्बु बिरुवाको माग बढ्दो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया