पुरस्कार राशीलाई डबल गरी बसन्त चौधरीद्वारा स्रष्टा परिवारलाई प्रदान

काठमाडौँ । चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । केही समयअघि चौधरीले एक लाख रुपैयाँ राशीको ‘नई ईश्वर बल्लभ अवार्ड’ पाएका थिए ।
थापाथलीस्थित स्वर्गीय कवि ईश्वर बल्लभको निवासमा पुगेर साहित्यकार चौधरीले बल्लभ परिवारजनलाई आफूले पाएको पुरस्कार राशीमा त्यति नै रकम थपेर प्रदान गरेका हुन् । चौधरीले ईश्वर बल्लभकी पत्नी कमला भट्टराईलाई भेटेर २ लाखको चेक प्रदान गरेका थिए ।
चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा नई प्रकाशनले पुरस्कार स्थापना गरी वितरण गर्न थालेको थियो । नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो ।
नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईसमेत उपस्थितिमा चौधरी स्व. ईश्वर बल्लभकै घर पुगेर आफूले पाएको पुरस्कार राशीमा थपेर कवि परिवारलाई सहयोग प्रदान गरेका थिए ।
स्व. कविकी पत्नी कमला भट्टराईले बसन्त चौधरीको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया