गर्भपतन अधिकार उल्ट्याएको विरोधमा वासिंगटनमा विशाल विरोध

न्युयोर्क । सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको राजधानीमा वासिंगटन डीसीमा हजारौं मानिसले प्रदर्शन गरेका छन् ।सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो ।
‘हामी फिर्ता जानेछैनौं’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए । प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए । प्रदर्शनमा अमेरिकाभरबाट आएका १० हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनमा भाग लिन करिब १,३०० माइल यात्रा गरी डलासका ३३ वर्षीया न्यायधिवक्त लरेन पियर्स पनि सहभागी थिइन् । शारीरिक स्वायत्तताको मौलिक अधिकारका लागि आफू त्यहाँ उपस्थिति भएको उनले बताइन् ।
पियर्सको गृह राज्य टेक्सास अमेरिकामा गर्भपतनलाई पहिले नै निषेध गरिएका १० राज्यहरूमध्ये एक हो । कम्तिमा एक दर्जन अन्य राज्यहरूले पनि गर्भपतनमा अकुंश लगाउने अपेक्षा गरिएको छ ।
तर, गर्भपतनलाई हत्याको रुपमा हेर्ने अभियानकर्ताहरूले अदालतको पछिल्लो फैसलाको स्वागत गरेका छन् ।










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया