सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौतापश्चात सेञ्चुरी बैंकका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकले सम्बन्धित कार्डमार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकलाई थप सुविधा प्राप्त हुनेछ ।
मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनका लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।
उक्त सम्झौतामा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकका तर्फबाट प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका थिए ।
हाल सेञ्चुरी बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया