शनिबार, मंसिर १३, २०८२

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

मेरोन्यूज २०७९ असार २९ गते ७:२६

काठमाडौं । प्रि सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुल ४-० अन्तरले हराएको छ ।

बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक(एक गोल गरे ।

टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछी युनाइटेड अष्ट्रेलिया भ्रमणमा निस्कने छ ।

प्रतिक्रिया