बुधबार, पुष २, २०८२

राष्ट्रपति भागेलगत्तै श्रीलंकामा संकटकाल घोषणा

मेरोन्यूज २०७९ असार २९ गते १२:३०

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेलगत्तै प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । राष्ट्रपति गोटाबाया राजपक्षे मंगलबार राती देश छोडेर सेनाको जाहाजमा देश छोडेर माल्दिस भागेका छन् ।

राष्ट्रपति देश छाडेर भागेपछि प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति भागेका थिए ।

प्रतिक्रिया