श्रीलंका संकटः प्रदर्शनमा विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीलाई राजीनामा दिन सर्वदलीय वैठकको आह्वान

कोलम्बो । श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । केही प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्रीको निवासमा प्रवेश गरेका थिए । तर, प्रधानमन्त्री त्यहाँ छैनन् ।
विक्रमसिंघेले श्रीलंकामा संकटकाल घोषणा गर्दै सेनालाई शान्ति सुव्यवस्था बहाल गर्न आवश्यक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले सरकार र विपक्षी दुवैलाई मान्य हुने प्रधानमन्त्री मनोनयन गर्न सभामुख महिन्दा यापा आबेवर्देनालाई जानकारी गराएका छन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स प्रस्थान गरेपछि कोलम्बोमा व्यापक विरोध प्रदर्शन भइरहेकाले श्रीलंकाले बुधबार संकटकाल घोषणा गरेको छ । बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।
यसैबीच, बुधबार साँझ बसेको सर्वदलीय वैठकले प्रधानमन्त्री विक्रमासिंघेलाई राजीनामा दिन सुुझाव दिएको छ ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया