युक्रेनले किन तोड्यो उत्तर कोरियासँग सम्बन्ध ?

किभ । पूर्र्वी युक्रेनमा रुस समर्थक पृथकतावादीहरूले आफ्नो स्वघोषित गणतन्त्रलाई प्योङयाङले मान्यता दिएको केही घण्टापछि युक्रेनले उत्तर कोरियासँगको सम्बन्ध तोडेको बताएको छ ।
उत्तर कोरियाले तथाकथित दोनेत्स्क पिपुल्स रिपब्लिक र लुगान्स्क पिपुल्स रिपब्लिकलाई मान्यता दिएपछि युक्रेनले कदम चालेको हो । गत महिना रुसी सहयोगी सिरियाले पनि पूर्वी क्षेत्रलाई मान्यता दिएको थियो ।
युक्रेनी विदेश मन्त्रालयले एक विज्ञप्तिमा रुसले अस्थायी रूपमा कब्जा गरेको क्षेत्रलाई मान्यता दिने उत्तर कोरियाको निर्णयको निन्दा गरेको छ ।
‘ युक्रेनले लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियासँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ’, विज्ञप्तिमा भनिएको छ । यसैबीच युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले रुसका सहयोगी देशहरु घट्दै गएको दाबी गरेका छन् । विदेशमन्त्री कुलेबाले विज्ञप्तिमा भनेका छन्, ‘आर्थिक र राजनीतिक रूपमा रूसमा निर्भर देशबाहेक संसारमा अब कुनै पनि सहयोगीहरू छैनन् । ’
रुसले फेब्रुवरी २४ मा युक्रेनमा आक्रमण सुरु गर्नुभन्दा केही समयअघि नै स्वघोषित गणतन्त्रलाई मान्यता दिएको थियो ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया