ब्रिटिस काउन्सिलको शुल्क अब इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौँ । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम परीक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।
अबदेखि आइएलटिएस परीक्षा दिने परीक्षार्थीले आफ्नो इसेवा खाताबाट सीधै रकम भुक्तानी गर्न सक्ने छन् । साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्कमार्फत उक्त शुल्क भुक्तानी गर्न सकिने छ । उक्त विद्युतीय भुक्तानी प्रविधिले विद्यार्थीलाई सहजता पुग्ने अपेक्षा गरिएको छ ।
इसेवाले हाल ५७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट बस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सुरक्षित, भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रधान गर्दै आफूलाई विश्वनीय विद्युतीय भुक्तानी प्ररादायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
उक्त भुक्तानीमा आकर्षक क्यासब्याकसमेत प्रदान गर्दै आएको छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया