शुक्रबार, माघ ९, २०८२

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

मेरोन्यूज २०७९ असार ३० गते १९:३८

काठमाडौँ । दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगर ७ चाबहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका ९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक एक लाख रूपैयाँभन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभन देखाएर दुई जना पीडितबाट उनले ११ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ ।

रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगर ३ बसुन्धाराबाट उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

प्रतिक्रिया